site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२०१७ पुस १ को राजनीतिक कदममा जङ्गी अड्डा
Sarbottam CementSarbottam Cement

वि.सं. २०१५ फागुन ७ गते नेपालमा पहिलो संसदीय निर्वाचन सम्पन्न भयो । त्यसबेलाको संसदको कुल १०९ सिट संख्या रहेकोमा बी.पी.कोइराला नेतृत्वको नेपाली कांग्रेस दल ७४ सिटमा विजयी भएको थियो । विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचित हुनु भएपछि वि.सं. २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त हुनुभयो ।

वी.पी.कोइराला र श्री ५ महेन्द्रबीच विश्वास कायम हुन नसक्दा वि.सं. २०१७ पुस १ गते ११ : ३० बजे, थापाथली, काठमाडौंमा नेपाली कांग्रेसको भातृ सङ्गठन तरुण दलको प्रथम अधिवेशन कार्यक्रम चलिरहेको समयमा, श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहको आदेशमा प्रधानमन्त्री वी.पी.कोइराला, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू पक्राउ गरिए ।

प्रधानमन्त्री वी.पी. कोइराला लगायत कांग्रेसी नेता पक्राउ गर्न नेपाली सेनाका लेफ्टिनेण्ट जनरल (रथी) सुरेन्द्रबहादुर शाह, ब्रिगेडियर जनरल (सहायक रथी), नारायणहिटी राजदरबार सैनिक सचिवालयमा कार्यरत समरराज कुँवर समेतका सैनिक, सैनिक पोशाकमा कार्यक्रमस्थलमा पुगी, वी.पी. कोइरालाका अङ्गरक्षक कप्तानसँग रिभल्वर (हतियार) मागेका थिए, त्यसपछि सभामा रहेका नेताहरू पक्राउ परेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वी.पी.कोइराला आत्मवृतान्त (सङ्कलन गणेशराज शर्मा, ललितपुरः जगदम्बा प्रकाशन, २०५५, पृ. २७२) मा लेख्छन्,— दरबारका बृगेडियर समरराज कुँवर अगाडि आयो, समरराज निर्देशन दिइरहेको थियो । अब के गर्ने, अब के गर्ने भनेर उसँग सोध्दछ सुरेन्द्रबहादुर शाह । अनि ऊ भन्छ,– ‘उहाँलाई ।’

सुरेन्द्रबहादुर शाहले आएर भन्यो, ‘महाराजाधिराजबाट हुकूम भएको छ, हिँड्नुपर्यो ।’

Global Ime bank

मैले भनेँ, ‘हुन्छ ।’

‘म त्यति भनेर जान लागेको थिएँ । अनि, समरराजले ‘उहाँलाई पनि, ... उहाँलाई पनि, ... भनेर मञ्चमा बसेका मानिसहरूलाई ईशारा गर्यो । सबैलाई आएर भन्यो । औपचारिक रूपमा राजदरबार संलग्न भएन, किनभने मलाई हिँडनुस् भन्ने सी.जी.एस थियो । तर सारा आडम्बरको २४ घण्टासम्म सम्पूर्ण देश दरबारका शाही रक्षकहरूको नियन्त्रणमा पर्न गयो । किनभने, भोलिपल्ट मात्रै, जहाँ मलाई थुनेर राखेको थियो, शाही अङ्गरक्षक सेना फिर्ता भएको छ ।’

वी.पी. कोइराला आत्मवृतान्तमा लेख्छन्, ‘मलाई लाग्दछ, हामीलाई समात्न भनी त्यहाँ करिब ३ सय जवानहरू आएका थिए ।’

‘त्यहाँबाट सिंहदरबारभित्र जाँदा सडकको किनारामा पाइला–पाइलामा शाही अङ्गरक्षक सेना बसेको थियो । सिंहदरबारभित्र हामीहरू गेटभित्र पस्यौँ । एउटा चुत्रबहादुरलाई देखेँ । ...’

वि.सं. २०१७ पुस १ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई पक्राउ गरी पदबाट बर्खास्त गर्दा जङ्गी अड्डाका हाकिम अर्थात् नेपाली सेनाको जनरल कमाण्डर–इन्–चीफ् (प्रधानसेनापति) पदमा नीरशमशेर ज.ब.रा. थिए । श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहबाट चाल्नुभएको वि.सं. २०१७ पुस १ गते उक्त राजनीतिक कदममा राजाले प्रधानसेनापति नीरशमशेर जबरालाई पूर्व जानकारी नदिएको ज.ब.रा.को दावी छ ।

नीरशमशेर जबरा (पछि फिल्डमार्शल÷अतिरथी) आत्मवृतान्तमा लेख्नुहुन्छ ः म प्रधानसेनापति भएको केही महिनामा राजा महेन्द्रले राजनीतिक कदम चालिबक्सेको थियो । पुस १ गतेको २ दिनअघि राजाबाट मलाई ‘नीर ! तिमी कतै नजाउ है’ भनिबक्सेको थियो । त्यस समयमा ज.ब.रा.को निमन्त्रणामा भारतीय सेनाका प्रधानसेनापति जनरल थिमैया नेपाल भ्रमणमा आउनु भएको थियो । थिमैयालाई चितवनको जङ्गलमा सिकार खेलाउन साथमै लैजाने प्रधानसेनापति जबराको तयारी थियो तर राजाबाट हुकुम भएपछि वहाँ चितवन जानुभएन, आफू मातहतका जनरललाई खटाउनु भयो ।

पुस १ गते बिहानै राजा महेन्द्रबाट प्रधानसेनापति नीरशमशेर जबरालाई नारायणहिटी राजदरबार बोलाइयो । राजदरबार पुगेपछि राजाबाट ज.ब.रा.लाई एउटा कागज दिइयो । त्यस कागजमा पक्राउ गर्नुपर्ने मानिसको नाम थियो । त्यस कागजमा नाम भएकालाई थुन्नू भन्ने आदेश भयो ।

पुस २ गते राजा महेन्द्रबाट प्रधानसेनापति नीरशमशेर जबरालाई चितवन जान निर्देशन भयो । त्यसपछि भारतीय सेनाका प्रधानसेनापति जनरल थिमैयासँग वहाँ सिकारका लागि चितवन जानुभयो । त्यस सिकारमा त्यसबेला नेपालका लागि भारतका राजदूत पनि सहभागी थिए । नीरशमशेर ज.ब.रा.लाई चितवनको सिकार क्याम्पमा भेटेपछि भारतीय सेनाका प्रधानसेनापति जनरल थिमैयाले भने – ‘यह लोटावालेको निकालकर राजा ने ठिक किया ...।’

बी.पी. कोइरालाको आत्मवृतान्त पढ्ने पाठकलाई वि.सं. पुस १ को घटनाबारे द्विविधा हुन्छ । वी.पी.लेख्छन्,— सो घटनामा औपचारिक रूपमा राजदरबार संलग्न भएन, किनभने, मलाई हिँडनुस् भन्ने सी.जी.एस थियो । सी.जी.एस अर्थात् नेपाली सेनाका ले.ज. सुरेन्द्रबहादुर शाह । शाहको त्यससमयमा नियुक्ति जङ्गी अड्डामा थियो । तसर्थ वी.पी. को लेखाईमा उक्त कदम जङ्गी अड्डाको आदेशमा भएको थियो भन्ने आशय झल्कन्छ ।

अगाडि बी.पी. स्वयंले लेखेका छन्, समरराज निर्देशन दिइरहेको थियो । सुरेन्द्रबहादुर शाह अब के गर्ने भनेर सोधिरहेको थियो ।

बी.पी. थप लेख्छन्— सिंहदरबार जाँदा सडकको किनारामा पाइला–पाइलामा शाही अंगरक्षक सेना बसेको थियो । सारा आडम्बर २४ घण्टासम्म देश दरबारका अङ्गरक्षकको नियन्त्रणमा थियो । जबकि राजदरबारमा कार्यरत अङ्गरक्षक सैनिक पाइला–पाइलामा बसेका छन् । निर्देशन राजाका अङ्गरक्षक ब्रिगेडियर जनरल समरराज कुँवरले दिइरहेका छन् भने कसरी राजदरबार संलग्न भएन र जङ्गी अड्डाचाहिँ संलग्न भयो ? बी.पी.कोइरालाको आत्मवृतान्तमा पाठक यहाँनेर द्विविधामा पर्छन् ।

वि.सं. २०१७ पुस १ को राजनीतिक कदमलाई जोडेर आज पनि जङ्गी अड्डा र नेपाली सेनाको आलोचना गरिन्छ, तर यसमा कुनै सत्यता छैन । तत्कालीन प्रधानसेनापति नीरशमशेर ज.ब.रा.का अनुसार सो घटनामा जङ्गी अड्डाको भूमिका थिएन ।

जङ्गी अड्डालाई विवादमा ल्याउने कोसिसचाहिँ भएको थियो र यो आज पनि भइरहेको छ । श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहको उक्त राजनीतिक कदममा नारायणहिटी राजदरबार नै प्रभावशाली थियो । जङ्गी अड्डाले श्री ५ को आदेश पालन गरेको थियो ।

वि.सं. २०१७ पुसमा नेपालमा ‘नेपाल अधिराज्यको संविधान २०१५’ लागु थियो । वि.सं. २०१५ को नेपाल अधिराज्यको संविधानको धारा ६४ को उपधारा १ मा ‘श्री ५ को सशस्त्र सेनाको सर्वोच्च कमाण्ड (समादेश) मौसूफमा रहने छ र यस अधिकारको प्रयोग ऐनद्वारा नियमित हुनेछ ।’ उल्लेख थियो । नेपाली सेनाले संविधान र सैनिक ऐन अनुरूप सर्वोच्च प्रधानसेनापतिको आदेश पालन गरेको थियो । 

(थापाको ‘जङ्गी अड्डा विगत र वर्तमान’को पुस्तक अंश)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !