site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रक्सी पिएर 'प्रहरीको ठूलै व्यक्ति हौँ' भन्दै वाकिटाकी देखाएर धम्की दिने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कास्की प्रहरीले आफूलाई प्रहरी बताएर धम्की दिँदै हिँडेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगर–६ शान्तिनगर चोक बस्ने ३२ वर्षीय नारायण गिरी र पोखरा महानगर–११ स्थित फूलबारी बस्ने २१ वर्षीय विवेक ठाकुर छन् । ठाकुरको स्थायी घर सप्तरीको डाक्लेश्वरीमा हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले रक्सी पिएर आफूहरूलाई प्रहरी भन्दै धम्की दिएको प्रहरीले जनाएको छ । ठाकुरको साथबाट एक थान वाकिटाकी बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूले बिहीबार पोखरास्थि लेकसाइड मादक पदार्थ सेवन गरेर होहल्ला गरेका थिए । उनीहरूले आफूलाई 'हामीहरू प्रहरीको ठूलै व्यक्ति हौँ' भनेर वाकिटाकी देखाएर धम्की दिँदै हिँडेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

Global Ime bank

उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement