site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् र संसदीय समिति ‘पेपरलेस’मा जानुपर्छ : सांसद पन्थ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले संसद् र संसदीय समिति ‘पेपरलेस’मा जानुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताए । संसद्प्रति सांसदहरूको भूमिका जिम्मेवार र जवाफदेही हुनुपर्ने जिकिर गरे । 

उनले कागजका पाना बोकेर हिँड्नु उचित नहुने बताए । संसद् र समितिले सूचना प्रविधिको प्रयोगलाई बढीभन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘संसद्प्रति सांसदहरूको भूमिका जिम्मेवार र जवाफदेही बनाउनुपर्छ । संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ । सभा समितिहरू अब अलिकति स्मार्ट हुन आवश्यक छ । पेपरलेस हुन जरुरी छ । कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब । सूचना प्रविधिको प्रयोगलाई बढीभन्दा बढी प्रयोग गर्न आवश्यक छ । सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु । दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ । पेपरलेसमा हामी अब जानुपर्छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro