site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव 

काठमाडौं । रसिया–युक्रेनको युद्धमा नेपालीले ज्यान गुमाइरहेको र नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएको छ । 

पार्टीले बिहीबार संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । 

“नेपाली आमाका हजारौँ राष्ट्र सपुतहरूविना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेनबीचको युद्धमा सहभागी गराइएको अन्तर्राष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्धस्थलमा लगी सयौँ घाइते र कयौँको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधिसभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेस गरेका हौँ” शाहीले भने । 

साथै पार्टीले रसिया र युक्रेनबीचको युद्धमा मृत्यु भएको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुन अत्यावश्यक छलफल हुनुपर्ने उल्लेख गरेको छ ।

Rapra1-1709195051.png

Rapra2-1709195051.png

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro