site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उपाधिका निम्ति जोर्डनसँग खेल्दै नेपाल, सावित्रा फ्रान्स प्रस्थान

काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा आज नेपाली राष्ट्रिय महिला टिमले उपाधिका निम्ति जोर्डनसँग खेल्दै छ ।

प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

Dabur Nepal
NIC Asia

उता, प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । जोर्डनले हालसम्म पाँचपटक प्रतियोगिताको उपाधि जितेको छ ।

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा फाइनल खेल नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपाली टिमकी प्रमुख फरवार्ड सावित्रा भण्डारी फाइनलमा उपलब्ध नहुने भएकी छन् । फ्रेन्च क्लबमा अनुबन्धित सावित्राले फिफा विन्डो समाप्त भइसकेको हुँदा फाइनल नखेल्ने भएकी हुन् । फ्रान्स जाने सावित्रालाई आज नेपाली टिमले साउदी अरेबियाबाट नै बिदाइ गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro