site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बीवाईडीले ल्यायो ‘सुपरकार’ : यस्तो छ ‘याङवाङ यू९’ को मूल्य र फिचर

काठमाडौं । विश्वकै प्रमुख विद्युतीय सवारीसाधन (ईभी) र पावर ब्याट्री उत्पादक बीवाईडीले आफ्नो पहिलो प्रिमियम उप–ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक ‘सुपरकार’ सार्वजनिक गरेको छ । बीवाईडीले याङवाङ ब्रान्डअन्तर्गत यू९ मोडलको ‘सुपरकार’ सार्वजनिक गरेको हो ।

यो गाडीको बिक्री मूल्य चीनमा १६ लाख ८० हजार युआन रहेको छ । जुन करिब तीन करोड नेपाली रुपैयाँ बराबर हो ।

‘टाइम गेट’ डिजाइनको भाषालाई अनुशरण गर्दै ‘याङवाङ यू९’ले विशिष्ट सौन्दर्य, नयाँ समानुपात र पावरसहित पूर्ण इलेक्ट्रिक सुपरकार प्रतिबिम्बित गर्ने कम्पनीले बताएको छ ।

ई४ प्लेटफर्म र डिसस–एक्स बडीलाई नियन्त्रण गर्ने बौद्धिक प्रणाली याङवाङ यू९मा बलियो ट्र्याक प्रदर्शन, सडक अनुकूलता र रमाइलो विशेषता रहेको छ ।

ई४ प्लेटफर्म चार स्वतन्त्र इलेक्ट्रिक मोटर हुने पावर सिस्टम हो । यसले चार वटै पांग्रालाई स्वतन्त्र ट्वर्क उपलब्ध गराउँदै सुरक्षा, पर्फमेन्स र विशेष अनुभव दिन्छ । याङवाङ यू९ मा एक हजार ३०० हर्सपावर र अधिकतम एक हजार ६८० एनएमको ट्वर्क क्षमता छ ।

बीवाईडी डिसस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली गाडीको अर्को नयाँ विशेषता हो । यसले याङवाङ यू९ को सस्पेन्सनलाई उच्चतम ७५ एमएमसम्मको यात्रा गर्न दिने कम्पनीको भनाइ छ ।

गाडीको ५०० एमएम प्रतिसेकेन्डको सिंगल–एक्सिस लिफ्टिङ स्पिड र अधिकतम एक टनभन्दा बढीको भार उठाउने क्षमताले ब्रेकिङ, एक्सिलेरेसन, मोडाई र रोडको जस्तो अवस्थामा पनि जुनसुकै परिस्थितिमा पनि चालक र यात्रुलाई उत्कृष्ट ड्राइभिंङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । याङवाङ यू९को अधिकतम गति ३०९.१९ किलोमिटर प्रतिघण्टा छ । गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति २.३६ सेकेन्ड दिने कम्पनीको दाबी छ ।

यस्तै ०–४०० एम एक्सिलेरेसन ९.७८ सेकेन्डमा दिने भनिएको छ । यससँगै ट्रयाकमा गरिएको परीक्षणमा यू९ मा अत्यधिक सुधारिएको ताप व्यवस्थापन र ब्लेड ब्याट्री डिस्चार्जिङ प्रविधि छ ।

EVV-1709126990.jpg
 

यसले गाडीमा चिस्यान कायम राख्ने क्षमतामा एकसय प्रतिशत बढेको बीवाईडीले जनाएको छ । तीव्र क्षमताका दुई वटा प्लग–इन चार्जिङ प्रविधिको गाडीमा अधिकतम पाँच सय किलोवाटको चार्जिङ क्षमता छ ।

यसबाहेक  याङवाङ यू९ मा उपलब्ध १२ सेटको सक्रिय र निस्क्रिय एइरोडाइनामिक प्याकेजले ड्र्याग कोइफिसियन्ट कम गर्ने र तापले हुने क्षय घटाउने काम गर्ने कम्पनीको भनाइ छ । 

याङवाङ यू९को सुपर कार्बन–फाइबर क्याबिनलाई गर्मीमा शितलताका लागि सीटीबी प्रविधि प्रयोग गरिएको छ । गाडीले ५४ हजार ४२५ एनएम प्रतिडिग्री मोडको दबाब र छतको एकतर्फी संकुचन भार ११ टनमाथि पुर्‍याएर यात्रा सुरक्षा सुनिश्चित गर्ने बीवाईडीको भनाइ छ ।

याङवाङ यू९ मा रहेको डिलिंक १५० इन्टेलिजेन्ट प्लेटफर्म ४एनएम फाइभ जी चिपबाट सञ्चालित रहेको कम्पनीले जनाएको छ । यसले चीन भित्रका ३० रेस ट्र्याकको विस्तृत जानकारी र ट्र्याक ड्राइभिंग सेवा प्रदान गर्छ ।

याङवाङ यू९को क्याबिनमा १४ तरिकाले समायोजन गर्न मिल्ने दुई सिट छन् । गाडीमा डाइनाडियो एभिडेन्स श्रेणीको उच्च स्तरीय अडियो प्रणाली छ । बीवाईडीले यसरी याङवाङ सुपरकार नयाँ तरिकाले परिभाषित भएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro