site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

त्यस्तै, उनले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए । 

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन बिषय भएको उनको भनाइ छ । बैठकले चैत्र १ गते गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

त्यस्तै, बैठकले नेताहरूको कार्यविभाजन पनि गरेको छ । जसअनुसार कोसीको इन्चार्ज हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, वाग्मतीको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन् ।

त्यस्तै, लुम्बिनी इन्चार्जमा चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी,  कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहेका छन् । 

विशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्जमा यशोधा अधिकारी तोकिएका छन् । वाग्मती र कर्णालीको सहइन्चार्ज भने टुंग्याउन बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro