site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमको न्यारोबडी बनाउन पठाएको २ महिना हुन लाग्यो, मर्मतको टुंगो छैन 

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज तीन महिनादेखि ग्राउन्डेड छ ।  निगमको ‘नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी’ जहाज गएको नोभेम्बर ३० अर्थात् मंसिर १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको थियो ।

राष्ट्रिय ध्वजावाहकको जहाज ‘ग्राउन्डेड’ भएको फागुन १५ गतेसम्म ९० दिन पूरा भएको छ । जहाज ‘ग्राउन्डेड’ भएको डेढ महिनापछि निगमले उक्त जहाज इजरायल पठाएको थियो । 

जहाज लामो सममसम्म जहाज मर्मत भएन । निगम व्यवस्थापनको आलोचना हुन थालेपछि बच्नकै लागि मर्मतको टुंगो नलगाइकन जहाज इजरायल पठाएको थियो । 

Dabur Nepal
NIC Asia

जसकारण ४९ दिन पुग्दा पनि जहाज मर्मत भइसकेको छैन । जनवरी १२ अर्थात् पुस २७ गते जहाज इजरायलस्थित आईएआई पठाएको थियो । तर, जहाज मर्मत कहिलेसम्म हुन्छ भन्ने विषयमा अझै टुंगो नलागेको निगम स्रोत बताउँछ ।

“मर्मत भएर कहिलेदेखि उडान हुन्छ भन्ने विषयमा नै टुंगो छैन । अब दुई÷चार दिनमा जानकारी आउँछ भन्ने कुरा छ,” निगम स्रोतले बाह्रखरीसँग भन्यो ।

निगमले एउटा न्यारोबडीबाट दैनिक एक करोड १५ लाख रुपैयाँ आम्दानी गर्छ ।  यो रकम निगमले आफैँले सार्वजनिक गरेको तथ्यांक हो ।  उक्त तथ्यांकलाई आधार मान्ने हो भने नाइन एन–एकेएक्सबाट मात्र निगमले ९० दिनमा एक अर्ब तीन करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले मार्च पहिलो साता जहाजको मर्मत सकाएर जहाज ल्याउने तयारी भइरहेको बताउँछन् । मर्मतको काम भइरहेको र अन्तिम चरणमा रहेको प्रवक्ता पुनले बताए ।

पुनका अनुसार, कम्पनीले मार्च पहिलो साता मर्मत सकाएर रिलिज गर्न जानकारी दिएको छ ।  जहाजको इन्जिन मर्मत ढिलाई किन भएको हो भन्ने प्रश्नमा पुनले जहाज मर्मत गर्न कम्पनीसँग सामान उपलब्ध नहुँदा समयमा मर्मत हुन नसकेको बताए । 

“इजरायल वार जोनमा प¥यो, अनि बाहिरबाट सामान सप्लाई हुन सकेन,” प्रवक्ता पुनले भने, “त्यसले गर्दा मर्मतमा ढिलाई भएको हो ।”

निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि इजरायलको आईएआई कम्पनीसँग सम्झौता गरेको छ ।  सम्झौतापश्चात् मर्मत गर्न सेप्टेम्बर १७ मा इन्जिन इजरायल पठाएको थियो । इन्जिन मर्मत गर्न पठाएको फागुन १५ गतेसम्म  १५४ दिन पूरा भएको छ । 

तर, आईएआईले अझै पनि उक्त इन्जिन मर्मत गर्न गरेको छैन । इन्जिन मर्मत गर्न ४५ देखि ९० दिनभित्रमा गरिसक्नुपर्ने हुन्छ । तर, १५४ दिनसम्म पुग्दा निगमको इन्जिन मर्मत हुन सकेको छैन ।

इन्जिन मर्मत किन हुन सकेन ? भन्ने विषयमा जवाफमा निगमले मर्मत जारी रहेको बताउँदै आएको छ । समयमा जहाज मर्मत नगर्ने कम्पनीविरुद्ध कानुनी उपचार जाने÷नजाने भन्ने विषयमा पनि अन्योल देखिएको छ । 

भाडाको इन्जिनमा कमिसनको खाने प्रवृतिले निगम व्यवस्थापनले इन्जिन मर्मतमा चासो नदिएको निगमका एक कर्मचारीले बताए ।निगमले जुन कम्पनीलाई इन्जिन मर्मत गर्न दिएको थियो । त्यही कम्पनीबाट भाडामा इन्जिन ल्याएर उडान गरिरहेको छ । 

भाडाको इन्जिनका निम्ति दैनिक दुई हजार अमेरिकी डलर तिुर्नपर्ने हुन्छ । कम्पनीलाई जति भाडाको इन्जिन जति लम्ब्याउदै गयो, त्यति नै फाइदा हुन्छ । त्यसमा निगम व्यवस्थापनले पनि कमिसन पाउने गरेको निगम एक कर्मचारी बताउँछन् । निगमले आजसम्म भाडा इन्जिनबाट मात्र फागुन १५ गतेसम्म तीन लाख आठ हजार अमेरिकी डलर तिर्नुपरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro