site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अन्तिम श्रद्धान्जलिका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिने 

काठमाडौं । गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतका चेतन सापकोटाले जानकारी दिए । 

संगीतकर्मीहरूले आचार्यको सम्मानमा आज उनको गीत गाउनेछन् । सामूहिक रूपमा उनको गीत गाउने तयारी भइरहेको सापकोटाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

दिउँसो १ बजेपछि अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । र, हिन्दु संस्कारअनुसार आजै दाहसंस्कार गरिनेछ । 

८१ वर्षको उमेरमा आचार्यको हिजो निधन भएको थियो । बिरामी आचार्यलाई उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य लामो समयदेखि बिरामी थिए । 

३० वर्षदेखि उनको उपचार भइरहे पनि डेढ महिना अघिदेखि भने उनलाई रोगले च्यापेको थियो । रेडियो नेपालका जागिरे आचार्य ३० वर्ष अगाडिको दुर्घटनापछि गाउन नसक्ने अवस्थामा पुगेका थिए । जिव्रोमा समस्या देखिएपछि उनको स्वर नबुझिने भएको थियो । स्वरमा समस्या देखिएपछि उनको गायनयात्रा टुंगिएको थियो । त्यसपछि लामो समय उनी गीतसंगीतबाट टाढै रहेका थिए । उनले वर्षौंसम्म गीत समेत सुनेनन् । 

आफ्नो स्वर नफर्किने निश्चित भएपछि उनले बजाउने हार्मोनियम दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए । सत्य र स्वरुप नेपाली सुगम संगीतका स्थापित गायक हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro