site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दलाई लामाको जन्मदिनमा मोदीले बधाई दिएकोमा चीनको आपत्ति

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनमा बधाई दिएकोमा चीनले आपत्ति जनाएको छ । सोमबार चीनले यो विषयमा भारतसँग विरोध दर्ज गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “तिब्बतको मुद्दामा चीनको अडान दृढ र स्पष्ट छ । १४औँ दलाई लामा एक राजनीतिक निर्वासित हुन्, जो लामो समयदेखि धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्ने उद्देश्यले चीनविरोधी गतिविधिमा संलग्न छन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले थपिन्, “भारतले तिब्बतको मुद्दाको संवेदनशीलताबारे सचेत हुनुपर्छ र १४औँ दलाई लामाको चीनविरोधी र पृथकतावादी स्वभावलाई स्पष्ट रूपमा बुझ्नुपर्छ । भारतले तिब्बतबारे चीनप्रति गरेका प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ र यी मुद्दाहरूलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रयोग गर्न बन्द गर्नुपर्छ ।” 

जुलाई ६ मा भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई उनको ९०औँ जन्मदिनमा शुभकामना दिएका थिए । 

यस्तै, केन्द्रीय मन्त्री किरेन रिजिजूसहित भारतीय नेताहरू धर्मशालामा उनको जन्मदिन समारोहमा सहभागी भएका थिए ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्