site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायक भक्तराज आचार्यको निधन 

काठमाडौं । गायक भक्तराज आचार्यको निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य विगत केही समयदेखि बिरामी थिए ।

उपचारका लागि आज मेडिसिटी लैजाँदै गर्दा बाटोमा निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । उनका अनुसार डेढ महिनादेखि आचार्यको उपचार भइरहेको थियो ।

८१ वर्षको उमेरमा उनको निधन भएको हो । निधन भएका आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन् जस्ता कालजयी गीतहरु आचार्यले गाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro