site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारी कांग्रेस हुँदैन, जो भए पनि जोगिन हुँदैन : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारीको जात, धर्म पार्टी केही पनि नहुने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार महामन्त्री थापाले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने भन्दै उसले कुनै पार्टीको हुँदैमा उन्मुक्ति पाउनु नहुने बताए । 

“कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही छुट्नुहुँदैन भन्नुपर्‍यो,” महामन्त्री थापाले भने, “दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जारी केन्द्रीय समिति बैठकमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर २५ लाख धरौटीमा छुटेका मोहनबहादुर बस्नेतले आफूलाई फसाउन गगन थापाको भूमिका रहेको बताएका थिए । यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठले आइतबारको बैठकमा एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाए पनि कांग्रेसले जोगाउन नसकेको बताएका थिए । थापाले सबैका प्रश्नलाई एकमुष्ट जवाफ दिएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्