
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समस्या नभएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ठूला दलबीच बनेको सरकारमा केही समस्या भए पनि दुवै पार्टीका शीर्ष नेता बसेर समाधान गर्न सकिने र त्यही गरिरहेको बताए ।
उनले संविधान संशोधनका लागि राष्ट्रियसभामा संख्या अपुग भएको बताए ।
“कांग्रेस र एमालेको गठबन्धन भएको छ । यो गठबन्धन हामीले बनाएका हौँ । यसमा समस्या छैन,” उनले भने, “ठूला पार्टीबीचको गठबन्धनमा केही समस्या आउनु स्वाभाविक हो । तर हामीले समस्या समाधान गर्न सक्छौँ । गठबन्धनको सरकार पूरा समय चल्ने छ । संविधान संशोधनको कुरा उठेको छ ।
यसमा ओलीजी पनि तयार हुनुहुन्छ तर राष्ट्रिय सभामा संख्या कम भयो । ओलीसँग कुनै समस्या छैन । समस्या भए पनि समाधान गर्न सक्छौँ ।”
उनले नेपालको संविधान समावेशी खालको भएकाले संशोधन गर्दा तयसलाई ध्यान दिनुपर्ने बताए ।