site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हरेक बजेटमा कर्णाली प्राथमिकतामा छ : पूर्णबहादुर खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको दाबी गरेका छन् । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा उनले कर्णालीको प्रदेशको समस्याबारे आफू जानकार रहेको बताए ।

उनले शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । “कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौँ । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार  र यातायाततर्फको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए । मुलुकमा विमानस्थल कम भए पनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूका लागि सहयोगी हुने उनको भनाइ थियो ।

जहाजमार्फत कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेको खड्काको भनाइ थियो । १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड उनले दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro