site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– यो कस्तो स्मार्ट लाइसेन्स हो ? महाजात्रा रोकौँ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । स्मार्ट ड्राइभिङ लाइसेन्सबारे सांसदले प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद असिम शाहले आफूसँग भएको ड्राइभिङ लाइसेन्स देखाउँदै ‘यो कसरी स्मार्ट भएको हो ?’ भनी प्रश्न गरे ।

एक लाखप्रति नक्कली लाइसेन्स जारी गरिएको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले अनुसन्धान गरिरहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

जर्मनीबाट १२ लाख कार्ड खरिद गरिएको तर भेरिफिकेसन नमिल्दा ६ लाख छाप्न नसकिएर फिर्ता आएको उनको भनाइ छ ।

मद्रास सेक्युरिटी प्रेसले ४० हजार डलर थपे छाप्न मिल्ने भनेको उनले बताए । उनले कार्ड एउटा देशबाट ल्याउने र छाप्न अर्काेमा दिने कार्य रोक्नुपर्नेमा जोड दिए ।

सांसद शाहले भने, “यो कस्तो स्मार्ट लाइसेन्स हो ? जनता आफैँ स्मार्ट भइसकेका छन् । यो प्रिन्ट गर्ने काम बन्द गरौँ । लाइसेन्सका लागि पर्खिनुपर्ने समय अन्त्य गरी यो महाजात्रा रोकौँ ।”

अर्का सांसद उदयशमशेर जबराले स्मार्ट लाइसेन्स पाउन २१ महिना लाग्ने बताए । उनले सन् २०२२ अक्टोबरमा नवीकरण गर्न दिएको कार्ड हालसम्म नपाएको जानकारी गराए ।

“एक दिनमा १,६८० कार्ड प्रिन्ट गर्न सकिन्छ । सरकारले नचाहेका कारण नभएको हो । लाइसेन्स रिन्यु गर्न एक दिन ढिलो भए डबल फाइन तिर्नुपर्ने स्थिति छ । यसमा सरकारको ध्यान जाओस्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu