site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा : एक वर्षमा २० करोड ५४ लाख खर्चिएर आठ कानुन निर्माण

काठमाडौं । कोसी प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म आठ विधेयक पारित गरिएको छ ।

गत वर्षको पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँच सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरिएको छ ।

कोसी प्रदेशसभाको दोस्रो कार्यकालको पछिल्लो १४ महिनाको अवधिमा चार प्रदेशसभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४६ बैठक बस्यो । जसमा ११ विधेयक दर्ता गरियो । तीमध्ये आठ विधेयक प्रमाणीकरण गरिएको छ । तीन विधेयक निष्क्रिय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

कोसी प्रदेशसभामा प्रतिवर्ष २० करोड ५४ लाख रुपैयाँको हाराहारीमा खर्च हुने गरेको छ । प्रदेशसभाको पहिलो पाँच वर्षमा जम्मा एक अर्ब दुई करोड ७० लाख ३४ हजार रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसमा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, स्वकीयसचिव, कार्यालय सञ्चालनजस्ता चालु प्रकृतिका खर्च समावेश छन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले हिउँदे अधिवेशनमा १३ बैठक बस्दा तीन विधेयक दर्ता भएकामा दुईवटा पारित गरिएको बताए । यस अधिवेशनमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित हुँदा प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक निष्क्रिय बनेको थियो ।

यसैगरी, बजेट अधिवेशनमा ६ बैठक बस्दा दुई विधेयक दर्ता भएकामा एउटा प्रमाणीकरण भयो । प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भई प्रमाणीकरण भएपश्चात् साविक प्रदेश नम्बर–१ लाई विस्थापित गरी सबै ऐनमा कोसी प्रदेश कायम भएको थियो । तर, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय बनेको सचिवालयले जनाएको छ ।

तेस्रो अधिवेशनमा पाँच बैठक बस्दा चार विधेयक दर्ता भएकामा दुई विधेयक पारित गरिएको थियो । यस अधिवेशनमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

आ.व. ०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निष्क्रिय भएको उनले बताए ।

२३ बैठक बसेर सकिएको चौथो अधिवेशनमा तीन विधेयक दर्ता भएकामा सबै पारित गरिएको सूचना अधिकारी ढकालले जानकारी दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro