अर्थ व्यवसाय
-1708698550.jpg)
काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच सोमबार (आज) पनि वार्ता हुने भएको छ । आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो ।
सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ ।
आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।
यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ०६:१४
प्रतिक्रिया दिनुहोस्