site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपालाई सापकोटाले भने– चुनाव लड्ने अनि व्यवस्थाको विरोध गर्ने नैतिकता कहाँबाट आयो ? 

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र राज्यव्यवस्थाको विकल्प राजा र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संकेत गर्दै उनले ‘अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?’ भन्दै प्रश्न गरे ।

“यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ?,” उनले भने, “यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।”

संघीय संसद्‌मा उपस्थित भएर व्यवस्थाबारेमा चाहिनेभन्दा बढी ‘अनर्गल’ प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति जनाए । उनले वर्तमान संविधान र व्यवस्थाको बहस गर्ने भए यसलाई कसरी उन्नत बनाउने भन्ने पक्षबाट गरिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro