site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपर समेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार रातिदेखि भारी हिउँ परेको उनले बताए । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो । रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो । तर, रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन,” अदैले भने, “एक साताजति भयो गर्मी बढ्न थालेको थियो । हिउँ परेपछि फेरि चिसो बढेको छ । मंसिर र माघमा पनि हिउँ परेको थियो । यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ । तर, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गएको मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको थियो । माघ १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटेल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र रुकुम पूर्वको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro