site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्य गाजामा इजरायली आक्रमण : ४० जनाको मृत्यु, १०० घाइते

काठमाडौं । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा सहिद अस्पतालमा सारिएको जनाएको छ ।

इजरायली आक्रमणले गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोली मानिसलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको चिकित्सा स्रोतको भनाइ छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro