site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछाने र ईयूका राजदूत लोरेन्जोबीच भेटवार्ता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (ईयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाकी केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिइन् ।

सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका उनको भनाइ छ ।

सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिस्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई आग्रह गरेका थिए ।

जवाफमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रूपमा काम गर्न ईयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको भनाइ राखेका थिए र

भेटवार्तामा सभापति लामिछानेले ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसमा ईयूले सकारात्मक योगदान पुर्‍याइदिने अपेक्षा राखेको उनले बताइन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro