गोदावरी । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिर निहुरिनेगरी कांग्रेसका मन्त्रीले काम नगरेको दाबी गरेका छन् । जारी महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले आफूहरूमाथि आरोप लागे पनि ९ जनानै मन्त्रीले सुशासन कायम र भ्रष्टाचारविरुद्ध काम गरिरहेको दाबी गरे ।
उनले महासमिति बैठकमा सरकार सम्बन्धमा आएको सुझाव शिरोपर गर्ने र त्यसअनुरुप नागरिक सेवा प्रदान गर्ने बताए ।
“हामी ९ जनाले सरकारमा गएर आजसम्म साथीहरूको शिर झुकाउने गरी गलत काम गरेका छैनौँ,” उनले भने, “बरु भ्रष्टाचार निवारण जनसेवामा प्रयास गरेका छौँ, कमजोरी सच्याउने प्रयास गरेका छौँ । हामी सरकारमा छौँ प्रभावकारी महासमितिको सुझावअनुसार सुधार र सच्याउन जरुरी छ ।” उनले आफू परिवर्तन भएर पार्टी, समाज र राज्य परिवर्तन हुने बताए ।