site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मित्रमिलन सहकारी ठगी प्रकरण : गिरीलाई थुनामा पठाउन अदालतको आदेश

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीले अर्जुन गिरीलाई पुर्पक्षका लागि  थुनामा पठाउन आदेश गरेको छ ।

गिरी पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादक समेत हुन् । उनलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सहकारीका पूर्वलेखा समिति सदस्य रहेका गिरीले सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमा समेत लगाएको आरोप छ ।

गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका थिए । बुधबार बयान नसकिएपछि  हिरासतमा पठाइएको थियो ।  बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।

Global Ime bank

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत मंगलबारमात्र पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीलाई आठ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसलगत्तै सवा दुई करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो ।

पछिल्लो समय मित्रमिलन सहकारी ठगी प्रकरणमा एकपछि अर्को धरौटीमा छुटिरहेका थिए । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुलीलाई पनि धरौटीमा छाड्न आदेश दिएको थियो ।  अदालत उपस्थित भएपछि तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले सात लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो । सहकारी प्रकरणमा गिरीसहित सातजना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, विष्णुप्रसाद भण्डारी सात–सात लाखमा छुटेका थिए भने पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार तथा शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu