site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एक हजार ७८ दिनपछि च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोनाको गोल  

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले एक हजार ७८ दिनपछि यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गरेको छ । जाभी हर्नान्डेजको प्रशिक्षणमा बुधबार राति इटालियन क्लब नापोलीविरुद्ध च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा गोल गरेको हो । 

नापोलीको मैदान डियागो अर्मान्डो म्याराडोना रंगशालामा भएको खेलमा बार्सिलोनाको रोबर्ट लेवान्डोवस्कीले ६०औँ मिनेटमा गोल गरेका थिए । योसँगै लेवान्डोवस्की अर्जेन्टिनी कप्तान लियोनल मेसीले क्लब छोडेयता बार्सिलोनाबाट च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी बने । 

Dabur Nepal
NIC Asia

यसअघि मेसीले २०२१ को मार्च ११ मा च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध गोल गरेका थिए । सो सिजनको अन्त्यसँगै मेसी पीएसजीमा अनुबन्धित भएपछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सकेको थिएन । 

बुधबारको पहिलो लेगमा १–० को अग्रता जोगाउन नसक्दा नापोलीसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro