site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अभौतिक सम्पदासम्बन्धी विधेयक संसद्‌मा, के छ व्यवस्था ?

काठमाडौं । सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पठाएको विधेयक राष्ट्रियसभामा दर्ता भएको हो । 

मौखिक परम्परा, प्रदर्शन कला, सामाजिक अभ्यास, प्रकृतिसँग सम्बन्धित ज्ञान, परम्परागत सीप लगायतलाई अभौतिक सम्पदाको रूपमा परिभाषित गरिएको छ । उक्त अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापन गर्न आवश्यक कानुनी आधार प्रदान गर्नका लागि विधेयक ल्याएको उल्लेख छ । 

Argakhachi Cement Island Ad

सम्पदाको अभिलेखीकरण गर्न सम्बन्धित समुदाय वा व्यक्तिको सहमति आवश्यक पर्ने प्रावधान गरिएको छ । अभौतिक सम्पदाहरूको सूची तयार गरी अद्यावधिक गरिने जनाइएको छ । यसका लागि भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरू सम्मिलित सिफारिस समिति गठन गरिनेछ । 

पूर्णपाठ पढ्नुहोस्–

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्