site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लघुवित्तपीडितका समस्या समाधान गर्न सरकार गम्भीर : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग उनले सरकारले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधानका निम्ति आवश्यक पहल गरिरहेको बताएकी हुन् ।

उनले यसअघि आयोग नै बनाएर मिटरब्याजपीडितका समस्या समाधानको प्रयास भइरहेको उल्लेख गरिन् । अरू पीडितको समस्या पनि समाधान गरिने उनले प्रतिबद्धता जनाइन् । समस्याको यकिन गरेर समाधान गर्नुपर्ने उनको भनाइ छ ।

देशभरका मिटरब्याज र लघुवित्तपीडित अहिले काठमाडौंमा छन् । उनीहरूले लघुवित्त र वित्तीय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्नेलगायत माग गरेका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro