site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २००५ को विन्दुमा, तीन अर्ब २० करोड रुपैयाँको धितोपत्र कारोबार

काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.७६ अंकले घटेर बन्द भएको छ । नेप्से १.०२ प्रतिशतले घटेर २००५.८३ विन्दुमा बन्द भएको हो ।

यस दिन तीन अर्ब २० करोड ६१ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका मध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंक लिमिटेड छन् ।

१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्सको ०.३३ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१४ प्रतिशतले बढेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.९० प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज पनि १० प्रतिशतले नै बढेको छ । यो कम्पनीको सेयर मूल्य केही दिनयता १० प्रतिशतले नै वृद्धि हुँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro