site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा चर्कियो किसान आन्दोलन : प्रहरीसँग टकराब, एकजनाको मृत्यु

काठमाडौं । भारतको पञ्जाब र हरियाणाको सीमा क्षेत्र खनौरीमा बुधबार एक किसानको मृत्यु भएको छ । किसान संगठन र सरकारी चिकित्सकले आन्दोलनका क्रममा एक किसानको मृत्यु भएको पुष्टि गरेको छ ।

तर, हरियाणा प्रहरीले सामाजिक सञ्जालमा ‘किसान आन्दोलनमा कुनै पनि किसानको मृत्यु नभएको’ र त्यस्तो कुरा हल्ला मात्रै भएको भनेर लेखेको छ ।

Dabur Nepal
NIC Asia

दिल्ली छिर्ने मुख्य विन्दुका रूपमा रहेको शम्भु सीमा क्षेत्रमा पनि बुधबार दिउँसो सुरक्षाकर्मीले किसानमाथि अश्रुग्यास प्रहार गरेको छ । खनौरी र शम्भु सीमा क्षेत्र दुवै ठाउँमा प्रहरी र किसानबीच टकराब भइरहेको छ ।

पटियालाको सरकारी अस्पतालले २४ वर्षीय शुभकरण सिंह नामका युवकको मृत्यु भएको पुष्टि गरेको छ । किसान संगठनले समेत आन्दोलनका क्रममा उनको मृत्यु भएको भनेका छन् । हरियाणा प्रहरीले भने किसानको मृत्यु भएको कुरा अफवाह भनेको छ ।

पटियालाको राजेन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरनाम सिंह रेखीले किसान आन्दोलनका क्रममा खनौरी नाकामा भएको गोलीकाण्डमा २४ वर्षीय शुभकरण सिंहको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको टाउको पछाडि गोली लागेर मृत्यु भएको ती डाक्टरले बताए ।

भारतमा फेब्रुअरी १३ देखि किसानहरूले आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्य (एमएसपी) लगायत विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । सरकारले किसान युनियनसँग वार्ता सुरु गरे पनि ठोस निर्णय हुन सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro