site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो १८२ रनको लक्ष्य 

काठमाडौं । एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडा–११ सामु नेपाल ‘ए’ले १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार मूलपानीस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ ले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

नेपालका ओपनर आशुतोष घिरैयाँले सर्वाधिक २८ रन बनाए । यसअघिको दोस्रो खेलका ओपनर मयन यादवको स्थानमा आज मौका पाएका आशुतोषले ४३ बलमा पाँच चौका प्रहार गरे । आशुतोषले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्जुनले ५३ बलमा दुई चौकासहित २७ रन थपे । 

यसबाहेक, बसिर अहमेदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २४ र प्रतिश जिसीले १९ रन जोडे । 

क्यानडाका डिलोन हाइलिजर, हर्ष थाकेर र निकोलस किर्टोनले समान दुई विकेट लिए । कलिम साना र कप्तान साद बिन जफरले एक–एक विकेट हात पारे । तीन खेलको शृंखला १–१ को बराबरीमा छ । आजको खेल जित्ने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro