site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाँदरलाई बन्ध्याकरण गर्ने रे... किसानको अनुदान खानेलाई के गर्ने ? 

काठमाडौं । सांसद चन्द्र भण्डारीले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने भन्दै भएका बहसप्रति आश्चर्य प्रकट गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशीले सल्ला लगाउन सल्लाह दिएको प्रसंग निकाले । सल्ला लगाएर जंगल बनाएर चिउरीसहितका वनस्पति मासिएपछि बाँदर गाउँ आएको उनको भनाइ थियो । 

Argakhachi Cement Island Ad

“किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण गर्ने रे...सभामुख महोदय, किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?,” सांसद भण्डारीले भने, “विदेशीले जे भन्छन् त्यही गर्दा यो अवस्था आएको हो ।” 

उनले विदेशीले सल्ला रोप भन्दिएपछि सबैले सल्ला रोपेको र २० वर्षपछि तिनै विदेशीले आएर सल्ला लगाएर गलत भयो भन्दिएको बताए । उनले अमेरिकाका विभिन्न स्टेटले गाँजा उपभोगमा छुट दिएको भन्दै नेपालमा भने उत्पादनमा समेत प्रतिबन्ध लगाइएको बताए । 

उनले देशमा पुँजी निर्माण पनि नहुने र पुँजी संचिति पनि नहुने गरेको बताए । प्लेनमा आउनेलाई र गाडीबाट आउने पर्यटकका लागि पैसाको सीमा तोक्नु गलत भएको भन्दै जतिसक्दो ‘पैसा ल्याउ खर्च गर’ भन्ने नीति बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्