site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको चेतावनी– प्रतिपक्षको कुरा नसुने संसद् र सडक अवरुद्ध हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिपक्षीले संसद्मा राखेको विषयको सुनुवाइ नभए सदन र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकार संसद्प्रति जवाफदेही नभएको बताए ।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही अगाडि बढाउनुपर्नेमा सरकारले अहिलेसम्म त्यसो नगरेको उनले उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘प्रतिवेदनको अध्ययन कहाँ पुग्यो ?’ भनी प्रश्न समेत गरे ।

उनले प्रतिपक्षको कुरा नसुनिएमा आन्दोलन गर्ने चेतावनी दिए । “प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारबाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको अहिलेसम्म केही पनि भएको छैन । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भइसक्यो,” उनले भने, “त्यो प्रतिवेदन के भयो ? यो दण्डहीनताको पराकाष्ठा हो । संसद्प्रति सरकार जवाफदेही हुँदैन भनेदेखि मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ? कति लामो प्रतिवेदन हो ? पढ्न गाह्रो भएको भए हामीलाई ल्याइदिनु, हामी वाचन गरेर सुनाइदिन्छौँ ।”

उनले थपे, “सरकारलाई चेतावनी पनि दिन चाहन्छु– यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर, सरकारले भोलि हामीलाई प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लाउन पाउँदैन । जनताको कुरा हामीले राख्दा सरकारले अनदेखा गर्छ भने संसद् मात्रै होइन, सडक पनि अवरुद्ध हुन्छ ।”

मिटरब्याजपीडितले न्याय नपाएर आन्दोलनरत रहेको उनले बताए । सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै सांसद श्रेष्ठले त्यसतर्फ ध्यानाकर्षण पनि गराए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro