site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना, आर्सनलविरुद्ध पोर्टोको जित

काठमाडौं । यूईएफए च्याम्पियन लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना नापोलीसँग १–१ को बराबरीमा रोकिएको छ । बुधबार राति नापोलीको मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा जाभीको टोली १–० को अग्रता जोगाउन नसक्दा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६०औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । बार्सिलोनाको अग्रता लामो समय टिक्न सकेन । ७५औँ मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई खेलमा फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

पोर्टो विजयी
बुधबार राति नै भएको अर्को खेलमा पोर्चुगिच क्लब पोर्टोले इंग्लिस क्लब आर्सनलविरुद्ध १–० को जित निकाल्यो । घरेलु मैदान स्टाडियो डो ड्रागोओमा पोर्टोलाई जित दिलाउन वेन्डरसन गालेनोले निर्णायक गोल गरे ।

गालेनोले खेलको इन्ज्युरी समयमा गोल गरेपछि पोर्टोले ४९ हजार १११ घरेलु समर्थकमाझ साँघुरो जित निश्चित गर्‍यो ।

यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा आर्सनलको घरेलु मैदानमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro