site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महामन्त्री शर्मालाई सदस्यहरूको गम्भीर प्रश्न– कांग्रेस सिध्याउने खेलमा लागेको ?

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा कोसी प्रदेश सरकार गठबन्धनको निर्णय विपरीत गठन भएको उल्लेख गरेका छन् । 

गठबन्धनको निर्णय विपरीत कांग्रेस सरकार बनेको धारणा उनले राखेपछि महासमिति बैठकको बन्दसत्रमा सदस्यहरूले त्यसको विरोध गरेका छन् । 

महामन्त्री शर्माले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा लेखेका थिए, “हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौँ, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।” 

Dabur Nepal
NIC Asia

बुधबारबाट सुरु भएको बन्द सत्रमा महामन्त्रीले उठाएको विषयमा बोल्ने अधिकांश प्रतिनिधिहरूले त्यसप्रति आपत्ति जनाएका छन् । “माओवादीलाई सरकार बनाउन दिँदा खुसी हुने हो ?,” पूर्वसंविधानसभा सदस्य समेत रहेकी कांग्रेस नेतृ उषा गुरुङले प्रश्न गरिन्, “कांग्रेसको सरकार बनाउँदा के को टाउको दुखाई ?”  

यस्तै, कोसी प्रदेश सभापति उमेश थापाले पनि शर्माको प्रतिवेदनको ठाडो विरोध गरे । “कुन चाहिँ कमिटीमा छलफल गरेर कांग्रेस सिध्याउने खेलमा लागेको ?,” उनले गम्भीर आरोप लगाए । तल्लो तहमा निर्णय गरेर कांग्रेसले सरकार बनाउँदा कोही पनि दुःखी हुन नपर्ने भनाइ उनको थियो । 

“कुन चाहिँ कमिटीमा छलफल गरेर माओवादीलाई सरकार बनाउने जिम्मा दिएको थियो ? आज तल निर्णय गरेर हामीले सरकार बनायौँ । नीतिगत निर्णयबाट हट्नुपर्छ । गलत थियो भने कारबाही गरेर देखाए हुन्छ,” उनले चुनौती दिए । 

सोमबारदेखि जारी कांग्रेस महासमिति बैठकमा बुधबार चार समूहमा बाँडिएर प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल जारी छ । प्रदेशगत छुट्याइएको समूहमा कोसी र सुदूरपश्चिम प्रदेश एक ठाउँमा छलफल गरिरहेका छन् । यी छलफलमा कोसी प्रदेशमा पहिचानको मुद्दा र हिन्दुधर्मको विषयमा आवाज उठिरहेको विषयमा महासमिति सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने जिल्ला सभापति र महासमिति सदस्यहरूले कोसीमा पहिचानको लडाइँ जारी भएको भन्दै यो विषयमा पार्टीको आधिकारिक धारणा बनाउन माग गरेका छन् । यखि महासमितिले आधिकारिक धारणा बनाउन नसके कोसीका १४ जिल्ला सभापतिले पार्टीको लाइन विपरीत गएर निर्णय गर्ने चेतावनी उनीहरूले दिए । 

धनकुटा जिल्ला सभापति समेत रहेका दिनेश राईले ‘कोसीमा हामीले कसरी राजनीति गर्ने हो ?’ भन्दै महासमिति बैठकमा प्रश्न गरे । कोसीको नामको विषय पेचिलो बनिरहँदा कांग्रेस नेताहरू कानमा तेल हालेर बसेको भन्दै उनले आक्रोश पोखे । कांग्रेसले स्पष्ट अडान लिन नसक्दा छाती फुलाएर राजनीति र कार्यक्रम गर्न नसकिएको उनले सुनाए । 

“कोसी प्रदेशको नामांंकन विषय पेचिलो हुँदै गर्दा नेतागणहरू कहाँ कानमा तेल हाल्नुभएको छ । त्यहाँ हामीले कसरी राजनीति गर्ने । कुनै पनि राजनीतिक दलहरूले खुलेर कार्यक्रम गर्न पाएका छैनन्,” उनले भने । 

उनले कोसीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिने चेतावनी दिए । 

यस्तै, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने चेतावनी दिए । उनले पनि पहिचानको विषयमा कुरा उठाए । ओखलढुंगा सभापति तेजेन्द्र खनालले कोसीको नामाकरणको विषयमा स्पष्ट पारेर जानुपर्ने भन्दै यसका लागि महासमिति बैठकले वातावरण बनाउनु पर्ने जनाए ।  

हिन्दु राज्यमा ठाडो आपत्ति 
बन्दसत्रमा बोेल्ने अधिकांश महासमिति सदस्यहरू ‘हिन्दु राष्ट्र’ सम्बन्धमा भने विभाजित भएका छन् । विशेष गरेर आदिवासी जनजाती समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले ‘हिन्दु राज्यको कुरा गरेर देश टुक्राउन खोजेको हो’ भन्दै आपत्ति जनाए । संविधान र परिवर्तन उल्ट्याउने कुचेष्टामा सांसद समेत रहेका केन्द्रीय सदस्य लाग्नु दुःखद भएको भन्दै उनीहरूले आलोचना गरे । 

ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्वायकले प्रश्न गरे, “पूर्व र पश्चिमलाई एकै ठाउँमा जोड्ने कांग्रेस अभिभावक र ऐतिहासिक पार्टी भएकाले पार्टीलाई धर्मसँग जोड्ने कुरा उठाउनु कुन तहको विज्ञता हो ?” 

उनले १३० भन्दा बढी जात बसेको देशमा धर्मको कुरा गर्दा नेतृत्वले किन ध्यान दिन नसकेको भन्दै प्रश्न गरेका थिए । संविधानसभा सदस्य समेत रहेकी उषा गुरुङले नेपाल एकल धर्म र जातको देश हुन नसक्ने भन्दै संविधान विरोधी बोल्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेकी थिइन् । 

“एउटा झुन्डले भन्दैमा हिन्दु राज्य बनाउने कुरा सह्य हुँदैन,” भोजपुुर सभापति विनोद वान्तवाले भने । हस्ताक्षर संकलन गरिरहेकाहरूप्रति लक्षित गर्दै उनले राज्यले सिन्डिकेट तोड्नुपर्ने धारणा राखे । 

“त्यहाँ एउटा झुँड रहेछ, मलाई सही गर भन्यो । मैले भने– संविधान भत्काउने काम नगर्नुुस् । हाम्रो नेताहरूले कान नसुन्ने, आँखा नदेख्ने हो ? कहिले गम्भीररूरुपमा सोच्ने, मुलुक अधोगतीमा जान्छ,” उनले भने । 

गठबन्धनको भिन्दाभिन्दै तर्क 
सुनसरीबाट प्रतिनिधित्व गरेका महासमिति सदस्य धर्म परियारले गठबन्धनले पार्टीको आन्तरिक गठबन्धन बिग्रेको भन्दै निर्वाचनअघि गठबन्धन आवश्यक नभएको जनाए । पार्टीको सिट काटेर गठबन्धन गर्न नहुने तर्क उनको थियो । 

बझाङका महासमिति सदस्य चन्द्र विसीले गठबन्धनका कारणले आज नेपाली कांग्रेसको भोट घटेको भन्दै ८४ मा बिनागठबन्धन निर्वाचनमा जानुपर्ने धारणा राखिन् । 

झापाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य केशव पाण्डेले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषयमा अहिलेको महासमितिले निर्णय गर्न नहुने बताए । उनले अब आउने कमिटीले त्यो निर्णय गर्ने अधिकार राख्ने धारणा राखे । 

“भविषयमा गर्ने नगर्ने विषयमा महाधिवेशनपश्चात् आउने कार्यसमितिलाई दिनुपर्छ । अहिलेको गठबन्धनलाई खलबल पार्ने र अन्योलमा पुर्याउने काम गर्नु हुँदैन,” उनले भने । 

अछामबाट प्रतिनिधित्व गर्ने पदम अधिकारीले गठबन्धन परिस्थितिजन्य कुरा भएकाले पार्टीको नीतिको विषय बन्न नहुने जिकिर गरे । डडेलधुराबाट प्रतिनिधित्व गरेका भीमबहादुर साउदले पनि गठबन्धनको विषय अहिले नीतिमा राख्न नपर्ने जनाउँदै गठबन्धन परिस्थितीले बनाउने बताए । कैलालीका प्रतिनिधि विजय स्वारले महाधिवेशनपश्चात् नयाँ कमिटी आउने र त्यसलाई गठबन्धन गर्ने नगर्ने भन्ने निर्णय गर्ने अधिकार दिनुपर्ने धारणा राखे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro