site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिङ्देनको चेतावनी : राप्रपाका मागलाई उपेक्षा गरे विद्रोहमा परिणत हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् । 

बुधबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले ज्ञापनपत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए । उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे । 

उनले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए । सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए । अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने उनको भनाइ थियो । उनले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिए । 

उनले भने, "आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र दिएका छौँ र औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेका छौँ । त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ । देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ ।" 

अध्यक्ष लिङ्देनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro