खेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८.४ ओभरमा जान निकोल लोफ्टी–इटोनलाई गुमाएको हो । इटोनलाई नेपालका कुशल भुर्तेलले विकेटकिपर आसिफ सेखबाट क्याच गराए । जारी खेलमा कुशलको यो दोस्रो विकेट हो ।
जारी खेलको २९ ओभर समाप्त हुँदा नामिबियाले ६ विकेट गुमाएर ११८ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १४:१८
प्रतिक्रिया दिनुहोस्