site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाको प्रतिवेदन हातमा नपाएपछि महासमिति बैठकमा होहल्ला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आफ्नो सांगठनिक प्रतिवेदन वितरण नगरेर प्रस्तुत गरेपछि होहल्ला भएको छ ।

थापाको प्रतिवेदनलाई लिएर पार्टी सभापति शेरबहादुर देउवासँग विवाद भएको थियो । थापाको प्रतिवेदनमा गए राति ढिलो गरी सहमति जुटेको थियो । जसका कारण आज बिहान मात्र प्रतिवेदन छपाइका लागि पठाइएको थियो ।

आजको बैठकमा प्रतिवेदन प्रस्तुतका लागि महामन्त्री थापाको पालो आएको घोषणा भएपछि महासमिति सदस्यहरूले ताली बजाएका थिए । तर, प्रतिवेदन आफूहरूलाई नदिएर प्रस्तुत मात्रै गरिएको भन्दै उनीहरूले होहल्ला गरे ।

थापाले प्रतिवेदन छपाइमै ढिला भएको र पृष्ठभूमि सक्दानसक्दै हातहातमा आइपुग्ने बताएपछि माहोल शान्त भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro