site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान सन्दीप र बसिरको अर्धशतकमा क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान सन्दीप जोरा र बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा सन्दीपले कप्तानी इनिङ खेले । नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नहुँदा टिमको नेतृत्व सम्हाल्ने मौका पाएका सन्दीपले ७४ बलमा सात चौका र एक छक्कासहित ६६ रन बनाए । १३–२ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका सन्दीपले तेस्रो विकेटका निम्ति ओपनर अर्जुन कुमालसँग १०४ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्जुनले ६४ बलमा तीन चौकासहित ४० रन बनाए । स्कोरबोर्डमा ११७ रन जोड्दा अर्जुन र सन्दीपलाई एक ओभरको अन्तरालमा गुमाएपछि नेपाल पुनः दबाबमा आएको थियो । 

यसपछि ब्याटिङमा आएका किरण ठगुन्नाले पनि १३ रनमात्र थपेपछि नेपाल १४६–५ को अवस्थामा पुगेको थियो । तर, छैटौँ विकेटका लागि बसिर अहमेद र राशिद खानले पुनः ७७ रनको साझेदारी बनाएपछि नेपाल खेलमा फर्किएको हो । 

Global Ime bank

नेपाललाई जितका लागि १८ रन आवश्यक हुँदा पभेलियन फर्किएका राशिदले ५१ बलमा तीन चौका र दुई छक्कासहित ४७ रन बनाए । राशिद आउट भएपछि मैदान आएका विवेक यादव पनि एक रनमा र साहब आलम ‘डक’ भएपछि नेपाल पुनः दबाबमा आएको थियो । 

नेपालले जितका लागि १४ रनको आवश्यकता हुँदा आठ विकेटको गुमाएको थियो । १०औँ नम्बरमा ब्याटिङका लागि आएका रिजन ढकाल र बसिरले नवौँ विकेटका लागि १४ रनको साझेदारी गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका हुन् । अन्तिमसम्म अविजित रहेका बसिरले ५२ रन बनाए । उनले ७३ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

क्यानडाका अमार खालिद, साहिद अहमदजाई र निखिल दत्तले समान दुई विकेट लिए । कप्तान साद जफर र हर्ष थाकेरले एक–एक विकेट लिए । त्यसअघि श्रेयस मोव्वाले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको क्यानडाले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो । क्यानडाका मोव्वाले दुई बलमा पाँच चौकासहित ६ रन प्रहार गरे । १०४–४ को अवस्थाका मोव्वाले नवनित धलिवालसँग ६४ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए । नवनितले ६० बलमा ६ चौका र एक छक्कासहित ४६ रन बनाए । 

यसबाहेक, श्रीमन्था विजेरन्तेले ४१ रन थपे । आरोन जोन्सले ३६ र डिलोन हाइलिगरले १६ रन बनाए । नेपालका साहब आलमले तीन विकेट लिए । १० ओभर बलिङ गरेका साहबले एक मेडन फ्याक्दै ३८ रन खर्चिए । शेर मल्ल र राशिद खानले समान दुई विकेट लिए । 

यस्तै, सागर ढकाल र बसिर अहमेदले एक–एक विकेट हात पारे । यो जितसँगै तीन खेलको शृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । यसअघि शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मूलपानी क्रिकेट मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो । यी दुई टिमको अन्तिम तथा शृंखला निर्णायक खेल बिहीबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय