site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सजिलै सिमकार्ड मिल्ने भयो, अब आधारकार्ड उपलब्ध गराउने प्रयासमा छौँ : राजदूत शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालीले भारतमा सजिलै त्यहाँको सिम कार्ड पाउने भएका छन् । भारतस्थित नेपाली राजदूतावासले औपचारिक अनुरोधपछि नेपालीका लागि यस्तो सुविधा उपलब्ध भएको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाली नागरिकता र मतदाता परिचयपत्रलगायत परिचय खुल्ने कागजातका आधार सिम कार्ड लिन सकिने जानकारी दिए । नेपाल र भारतबीच खुला सीमा एवं हजारौँ नेपाली भारतमा रहने र आवतजावत गर्ने भएका कारण यो महत्त्वपूर्ण काम भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हालसम्म किन नभएको त्यो थाहा भएन । हामीले अनुरोध गरेको सात/आठ हप्तामै माग सम्बोधन भयो,” बाह्रखरीसँग राजदूत शर्माले भने ।

नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र नभएको अवस्थामा सोको फोटोकपी उपलब्ध गराई दूतावासमा पुगेर अनुरोध गरेमा सिम कार्ड दिन पनि सकिने शर्माले बताए । यसअघि भारत सरकारको नियम एवं सुरक्षाको विषयलाई लिएर सिम कार्ड उपलब्ध नभएको पनि उनले जानकारी दिए । 

Global Ime bank

भारतमा रहेका नेपालीलाई सहजै भारतीय ‘आधार कार्ड’ उपलब्ध गराउने प्रयास दूतावासले गरिरहेको छ । आधार कार्ड उपलब्ध भएमा सहजै भारतीय बैंकमा खाता खोल्न सकिने राजदूत शर्माले बताए ।

यस्तो हुँदा त्यहाँ काम गर्ने नेपालीलाई आर्थिक कारोबार गर्न वा पैसा पठाउन सहज हुने उनको भनाइ छ । “नेपाली नागरिकले बैंक अकाउन्ट खोल्न सक्ने वा सजिलै आधार कार्ड मिलोस् भन्ने प्रयास हामीले गरिरहेका छौँ । निश्चित भइसकेको छैन, प्रयासमा छौँ,” राजदूत शर्माले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement