site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपालाई ओलीको प्रश्न– त्यो भोट आकाशबाट आयो ?
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको राष्ट्रियसभा सदस्य निर्वाचनमा जितका निम्ति खुला प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले आफूहरूले कसैलाई बेइमान नगरेको उल्लेख गरे ।

सो निर्वाचनमा एमाले एक्लैले जित्न कहीँ पनि मतभार पुग्ने अवस्था नरहेको उनले सुनाए । जितका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सित तालमेल गरिएको उनले स्पष्ट पारे ।

“कहीँ पनि जित्नका लागि मतभार पुग्दैनथ्यो । एक ठाउँमा जित्यौँ । त्यस जितका लागि खुला प्रयास गर्‍यौँ,” उनले भने, “राप्रपा र हामीबीच सहमति भएको थियो ।”

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोसी प्रदेशमा एमाले र राप्रपाले एकार्काका उमेदवारलाई सघाउने सहमति गरेका थिए । राप्रपाको सहयोगमा एमाले उमेदवार निर्वाचित भए । राप्रपाका उमेदवार हारेका थिए ।

त्यसपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेलाई लाञ्छित गरेको ओलीले बैठकमा बताए । “राप्रपाको प्रवक्ता भन्ने मान्छेले एमालेले धोका दियो भन्ने लाञ्छित गरेको देखियो,” उनले भने, “त्यो भोट आकाशबाट आयो ?”

राप्रपाका प्रवक्तामा एमालेविरोधी भावना रहेको ओलीको बुझाइ छ । “राप्रपाका प्रवक्ता भन्नेमा एमालेविरोधी भावना रहेछ । एकाध भोट बिग्रिए होलान्, राप्रपाको बिग्रियो होला,” उनले भने, “हामीले बेइमान गरेका होइनौँ ।”

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro