site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रेयसको अर्धशतकमा क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । श्रेयस मोव्वाको अर्धशतकप्रेरित क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको क्यानडाले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

क्यानडाका मोव्वाले दुई बलमा पाँच चौकासहित ६ रन प्रहार गरे । १०४–४ को अवस्थाका मोव्वाले नवनित धलिवालसँग ६४ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए । नवनितले ६० बलमा ६ चौका र एक छक्कासहित ४६ रन बनाए ।

यसबाहेक, श्रीमन्था विजेरन्तेले ४१ रन थपे । आरोन जोन्सले ३६ र डिलोन हाइलिगरले १६ रन बनाए ।

नेपालका साहब आलमले तीन विकेट लिए । १० ओभर बलिङ गरेका साहबले एक मेडन फ्याक्दै ३८ रन खर्चिए । शेर मल्ल र राशिद खानले समान दुई विकेट लिए । यस्तै, सागर ढकाल र बसिर अहमेदले एक–एक विकेट हात पारे ।

तीन खेलको शृंखलामा नेपाल आज पहिलो जितको खोजीमा छ । यसअघिको शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारिसकेको छ । आइतबार मूलपानी क्रिकेट मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro