साहित्य
काठमाडौं । एपेक नेपालको आयोजनामा पत्रकार/साहित्यकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’को लोकार्पण गरिएको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले कृति लोकार्पण गर्दै साहित्यिक अनुसन्धानात्मक कृति लेख्न कठिन हुने चर्चा गरिन् ।
कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले कृतिको चर्चा गर्दै यसमाथि थप चर्चा परिचर्चा गरिनु पर्नेमा जोड दिए ।
उक्त अवसरमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, केशु विरही, बाबु त्रिपाठी, ममता मृदुल, सेसेमी लिम्बू र भगिराज इङनामले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्