site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन : पूर्णबहादुर खड्का (पूर्णपाठ) 

गोदावरी । नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् ।

“निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन्,” प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन । न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन् ।

“समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै समाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठिकविपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ,” प्रतिवेदनमा उनले लेखेका छन् ।

लोकरिझ्याइँ र अधिनायकवाद बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुनेमा उनले प्रतिवेदनै लेखेर जोड दिएका छन् । उनले यस्तो लोकरिझ्याइँमा रम्ने पार्टी र संगठनको इतिहास, वर्तमान र भविष्य दुवै नभएको टिप्पणी गरेका छन् ।

पूर्णबहादुर खड्काको प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्