site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई प्रश्न– टिकटक बन्द गरेर कति अपराध नियन्त्रण भयो, कति व्यवसायी पलायन भए ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले देशमा टिकटक बन्द गरिएपछि कति अपराध र विकृति नियन्त्रण भयो, त्यसको प्रतिवेदन कहिले प्रस्तुत गर्ने भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले टिकटक बन्दपश्चात् कति व्यवसायी पलायन र बेरोजगार भए त्यसको पनि प्रतिवेदन सरकारले सार्वजनिक गर्छ कि गर्दैन भन्दै प्रश्न गरे ।

“अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मञ्चन भयो । सत्तापक्षका नेताको अकाउन्ट अपडेट भएको पाइन्छ । सरकारले बन्द गरेर अपराध र विकृतिमा भएको न्यूनीकरणमा प्रतिवेदन कहिले सार्वजनिक गर्छ ? टिकटक बन्दपछि कति व्यवसायी पलायन भए, कति बेरोजगार भए भन्ने प्रतिवेदन सार्वजनिक गर्छ कि गर्दैन ?,” पराजुलीको प्रश्न थियो ।

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पूर्णपाठ)

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकबारे सरकारले अचानक र एकाएक निर्णय नगरेको बताए । “गठबन्धन दलमा पटक–पटक गरिएका छलफल, प्रमुख प्रतिपक्षी दलका बीचमा भएको छलफलमा समझदारी बनाएर गरिएको हो,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro