site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकुमारी घटनाबारेका प्रश्नमा प्रधानमन्त्रीको सम्बोधन– ‘दुई युवाको हत्या’ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनामा दुई युवाको हत्या भएको स्वीकार गरेका छन् । आइतबार प्रतिनिधिसभाका सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले विदेश जान लागेका युवाको हत्या भएको स्वीकार गरे ।

बालकुमारी घटना सरकारले ढाकछोप गरेको भन्ने प्रतिपक्षी आरोपको उनले प्रतिवाद गरे । छानबिन समिति प्रतिपक्षले नभएर सरकारले गठन गरेको उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले घटनामा ज्यान गएका युवाका विषयमा ‘दुई युवाको हत्या भएको’ शब्द प्रयोग गरेका हुन् ।

“बालकुमारी घटनाबारे प्रतिपक्षी दलहरूले राखेको जिज्ञासाका लागि धन्यवाद दिन चाहन्छु । तर, विषयलाई जुन ढंगले प्रस्तुत गरियो, त्यसले नेपाल सरकारले तत्काल लिएको पहल र त्यसपछिका कदमबारे विल्कुल गलत सूचना भएको मैले महसुस गरेँ,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, “बालकुमारी घटना सरकारले निकै गम्भीर रूपमा लिएर तत्कालै त्यसमा संलग्नलाई निलम्बन गर्ने, छानबिन गर्ने प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएको मात्रै होइन, छानबिन समिति पक्कै प्रतिपक्षले बनाएको होइन । मेरै प्रस्तावमा बनेको हो ।”

उनले गृह मन्त्रालयले छानबिन समितिको प्रतिवेदन बुझेको भन्दै आफूले बुझ्दै गरेको बताए । अध्ययनपछि ‘उचित निर्णय लिने’ उनले जानकारी गराए ।

अध्ययनपछि सरकारले थप कदम चाल्ने उनको भनाइ थियो । “१० लाखको कुरामा के भन्न चाहन्छु भने, त्यो घटना विशेष प्रकृतिको भएकै कारणले, रोजगारीका लागि विदेश जान आएका युवाहरूको हत्या भएको घटनालाई गम्भीर लिएर परिवारका एक–एकजनालाई रोजगारी दिने निर्णय गरेको छ । यस्तै, उक्त कार्यालयबाट पनि थप रकम दिन श्रम मन्त्रालयले निर्देशन दिएको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro