site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव चन्द
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको  छ । 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको जानकारी दिए । मोर्चाले गरेको कमीकमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने पनि बताए । 

उनले भने, "समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो । थुप्रै त्रुटीहरू छन्, ती त्रुटीहरूको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ । त्यसको लागि शीर्ष नेताको बीचमा घनीभूत रूपमा छलफल हुनुपर्छ भन्ने छ । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो । अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ ।"

Global Ime bank

महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !