खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डसमाथि नेपाल नौ विकेटले विजयी भएको हो ।
१३७ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन जोडेका थिए ।
पहिला ब्याटिङ गरेको नेदरल्यान्डस ३९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । कुशल भुर्तेलले चार र ललित राजवंशीले दुई विकेट लिएका थिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान एक/एक विकेट लिए । नेदरल्यान्डसका दुईजना रन आउट भएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० १४:३५
प्रतिक्रिया दिनुहोस्