site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष र मध्यक्रमका ब्याटर सस्तैमा पभेलियन फर्किएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

नामिबियासामु निरीह बनेको नेपाली ब्याटिङमा भीम सार्कीले सर्वाधिक ४४ रन थपे । धैर्यपूर्ण ब्याटिङ गरेका भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे । 

२१–४ को नाजुक स्थितिबाट भीमले पाँचौँ विकेटका लागि कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै नेपाली टिमको इनिङ सम्हालेका थिए । कुशलले २२ बलमा एक चौका र एक छक्कासहित १५ रन थपे । 

यसबाहेक, गुल्सन झाले ३१ बलमा तीन चौकासहित २१ रन बनाए । पवन सर्राफले २२ बलमा एक छक्कासहित १२ रन थपे । करण केसीले ३८ बलमा तीन चौकासहित १६ रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन छुन सकेनन् । अनिल साहले आठ, आसिफ सेखले चार, सोमपाल कामीले दुई र कप्तान रोहितकुमार पौडेलले एक रन थपे । नेपालका ओपनर कुशल भुर्तेलले ‘रोयल डक’ भएका थिए ।

नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड इरास्मसले पाँच विकेट लिए । ८.१ ओभर बलिङ गरेका इरास्मसले २८ रनमात्र खर्चिए । रुबेन ट्रम्पेलमेन र ज्याक ब्रासेलले समान दुई विकेट लिए । यस्तै, जान निकोल लोफ्टी–इटोनको नाममा एक विकेट रह्यो ।

आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् । आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro