site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुबईका व्यवसायीलाई अध्यक्ष ढकालले भने– नेपालमा व्यावसायिक वातावरण बनेको छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईका व्यवसायीलाई तेस्रो लगानी सम्मेलनको निम्ता दिँदै नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । दुबईमा आयोजित वल्र्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै नेपालले आगामी वर्षको वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा जानकारी दिएका हुन् ।

सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको उनले बताए । सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने जानकारी पनि ढकालले दिए ।

नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राखेका थिए । उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराएका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro