site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से साढे ३० अंकले घट्यो, चार अर्ब ६६ करोडको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो । सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ ।

Global Ime bank

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।  

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह २.४० प्रतिशत छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement