site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली चिकित्सकबारे यूएसएमएलईको निर्णय पुनर्विचार गर्न संघको पत्र

काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो निर्णय पुनर्विचारको आग्रहसहित यूएसएमएलईको सचिवालयमा पत्राचार गरेको छ । नेपाली चिकित्सकबारे यूएसएमएलई सचिवालयले गरेको निर्णय सच्याउन संघले मंगलबार इमेलमार्फत सचिवालयमा पत्र पठाएको हो । संघले यसअघि परराष्ट्र मन्त्रालयमार्फत समस्या समाधानका निम्ति पहल गरेको थियो ।

“यूएसएमएलईमा नेपालीहरूले परीक्षा दिएका सेन्टरलाई जोडेर नतिजा रद्दको निर्णय हुनुले नेपाली चिकित्सकको मिहिनेतलाई अवमूल्यन गरेको देखियो । त्यसैले पनि निर्णय पुनर्विचारका लागि पत्र लेखेका हौँ,” संघका महासचिव डा. सञ्जीव तिवारीले बाह्रखरीसित भने ।

Argakhachi Cement Island Ad

अमेरिकाको यूएसएमएलई (युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन) सचिवालयले गएको जनवरी ३१ मा विज्ञप्ति जारी गर्दै सन् २०२३ मा यूएसएमएलई दिएका नेपाली फिजिसियनको नतिजा रद्द भएको जानकारी गराएको थियो ।

२०२३ मा सो परीक्षा दिएका एक हजार ४०० बढी संघको सम्पर्कमा आएको डा. तिवारीले जानकारी दिए ।

asdf-1707812015.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्